महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व चतुर्थी - ४

कार्यालयको परिचय

श्रम तथा रोजगार कार्यालय काठमाडौं स्थापना हुनु अघि कारखाना तथा कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ बमोजिम वि. सं. २०२६ मा कारखाना निरीक्षकको कार्यालयको रुपमा स्थापना भएको थियो। उक्त सुरुवाती समयमा कारखानाहरूको निरीक्षण गरी तत्कालिन श्रम सम्बन्धी नियमहरूको पालना गराउनमा जोड दिइएको थियो। तत्पश्चात, वि. सं. २०३० सालमा बागमती अञ्चलको श्रम सम्बन्धी मामिलाहरूको व्यवस्थापन गर्ने जिम्मेवारी सहित श्रम कार्यालय, बागमती अञ्चलको रुपमा नामकरण भयो। समय क्रममा श्रम सम्बन्धी नयाँ मामिलाहरू विकसित हुँदै जाँदा वि.सं. २०७४ मा नयाँ श्रम ऐन आइसकेपछि यस कार्यालयको नाम श्रम तथा रोजगार कार्यालय, काठमाडौं कायम भएको छ। यसका साथै कार्यालयको कार्यक्षेत्र तथा जिम्मेवारीमा पनि हेरफेर भएको छ। जसमा परम्परागत श्रम प्रशासनका साथै रोजगारी सेवाहरू समेत समावेश गरिएको छ।

null

यसको कार्यक्षेत्र अन्तर्गत बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र दोलखा गरी जम्मा आठ जिल्ला पर्दछन्। यी क्षेत्रमा श्रम सम्बन्धी ऐन, नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन मार्फत श्रमिकहरुको हक अधिकारको संरक्षण र संवर्द्धन गर्दै स्वस्थ, सुरक्षित र मर्यादित कार्य वातावरणको सिर्जना लगायतका कार्यहरू यस कार्यालयबाट सम्पादन हुँदै आएको छ ।

श्रम शक्तिको विकास र सदुपयोग गरी उत्पादकत्व अभिवृद्धि गर्नका लागि सुमधुर औद्योगिक श्रम सम्बन्ध कायम गर्ने, बालश्रम निवारण र सुधार, श्रमिक आपूर्तिकर्तालाई इजाजत पत्र प्रदान तथा नवीकरण गर्ने, कार्यस्थल अनुगमन गरी स्वास्थ्य तथा सुरक्षाको दृष्टिले स्वस्थकर तथा सुरक्षित बनाउन आवश्यक सुझाव सल्लाह दिने लगायतका कार्यहरु गर्ने र गर्न लगाउने, श्रम ऐन, बोनस ऐन तथा सोसँग सम्बन्धित नियमहरू उद्योग प्रतिष्ठानमा लागू गराउने तथा ट्रेड युनियन ऐन नियमानुसार कार्य गर्ने गराउने पनि यस कार्यालयको जिम्मेवारी रहेको छ।