उत्कृष्ट प्रतिष्ठान सिफारिस सम्बन्धी सूचना

उत्कृष्ट प्रतिष्ठान सिफारिस सम्बन्धमा।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, मीनभवनको च.न. श्र.स. 374 मिति 2082/01/22 को पत्रानुसार यस कार्यालयको कार्यक्षेत्र भित्र रहेका प्रतिष्ठानहरु मध्ये व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि मापदण्डमा उत्कृष्ट अंक ल्याउने प्रतिष्ठानलाई प्रमाणपत्र सहित सम्मान गर्नका लागि यस कार्यालयको कार्यक्षेत्र काठमाण्डौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र रसुवा जिल्लामा रहेका उद्योग/प्रतिष्ठानहरुको नाम सिफारिस गर्नुपर्ने भएकाले  यसै सुचना साथ संलगन मापदण्डहरु पुरा गरेको उद्योग/प्रतिष्ठानहरु मापदण्ड प्रमाणित हुने विवरणहरु सहित यस कार्यलयमा ७ दिन भित्र निवेदन पेश गर्नुहुन जानकारी गराइन्छ।